
पोखरा । हाल देशमा पश्चिमी वायु रस्थानीय वायु र पुर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको देखिन्छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको केहि स्थानहरुमा सामान्य बदली भई वर्षा भइरहेको छ ।
महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन / चट्याङ्ग / असिना / हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।
राती पनि देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन / चट्याङ्ग / असिना / हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार सोमबार देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन / चट्याङ्ग / असिना / हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
मंगलबार देशभर सामान्य बदली केहि स्थानहरुमा मेघगर्जन / चट्याङ्ग / असिना / हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले पश्चिमी भू–भागका केहि स्थानमा र मध्य र पूर्वी भू–भागका केहि स्थानहरुमा मेघगर्जन / चट्याङ्ग/ हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।