काठमाडौं । लकडाउनको मोडालिटी र त्यसलाई थप्नेबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज आइतबार बस्ने भएको छ । वैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह २ बजेका बस्ने जानकारी मन्त्रिपरिषद श्रोतले दिएको छ ।
यसअघि शनिवार बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने सुझाव दिएको थियो । लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही भएको निष्कर्ष कार्य दलले निकालेको थियो ।
यसअघि सरकारले घोषणा गरेको लकडाउनको समयावधि भोलि सोमबार सकिँदै छ ।