झापाका ५० वर्षीय एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो

-


     मर्दी न्युज    
     वैशाख १४ गते २०७७ मा प्रकाशित


पोखरा, १४ वैशाख । झापाका एक पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिका अनुसार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

उनी अस्पतालको सम्पर्कमा रहेको र स्वस्थ रहेको विज्ञप्तिमा जनाइएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आजै वीरगन्जका दुईजना पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो । १६ जना संक्रमित भने निको भएर घर फर्किएका छन् ।