कामदारलाई कोरिया जान दिने सरकारको निर्णय, अन्तर्राष्ट्रिय सीमा नाका वैशाख ३० गतेसम्म रोक्ने

-


     मर्दी न्युज    
     १४ बैशाख २०७७ मा प्रकाशित


काठमाडौं, १४ वैशाख । सरकारले कोरियन भाषा परीक्षा ईपीएस पास भएर छनोट भएका कामदारलाई लकडाउनकै अवधिमा कोरिया जान दिने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ईपीएस अन्तर्गत कोरियामा श्रमिकको रुपमा जाने तयारीमा रहेका युवालाई दुई देशको सहमतिमा कोरिया जान दिने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

अन्तर्राष्ट्रिय सीमा नाका वैशाख ३० सम्म

आइतबारै बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय सीमा नाकामा वैशाख ३० सम्म अवागमन रोक्ने निर्णय गरेको छ ।

बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

सरकारले चैत १० बाट सीमा नाकामा आवागमन रोकेको थियो ।