पोखरा । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्वभर गरी हालसम्म २९ लाख ९४ हजार ४३६ जना संक्रमित भइसकेको छ ।
जसमध्ये सबैभन्दा धेरै अमेरिकामा संक्रमित छन् । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या ९ लाख ८७ हजार १६० जनामा पुष्टि भैसकेका छन् ।
त्यस्तै स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार ६२९, इटलीमा १ लाख ९७ हजार ६७५, फ्रान्समा १ लाख ६२ हजार १००, जर्मनीमा १ लाख ५७ हजार ७७०, बेलायतमा १ लाख ५२ हजार ८४० र टर्कीमा १ लाख १० हजार १३० जनामा पुष्टि भइसकेको छ ।
जसमध्ये विश्वभर गरी ८ लाख ८७ हजार ७०७ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । हाल १९ लाख ८ हजार ७५६ जना संक्रमितको उपचार भइरहेको छ । ५७ हजार ६०२ कोरोना संक्रमितको अवस्था गम्भीर रहेको र बाँकीको स्वास्थ्य मध्यम रहेको छ ।
कोरोनाका कारण विश्वभर २ लाख ६ हजार ९७३ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार नाघेको छ । विश्वभर महामारीको रुपमा फैलिएको करोना संक्रमणका सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार ९७३ पुगेको छ ।
पछिल्लो तथ्यांक अनुसार सबैभन्दा धेरै अमेरिकामा ५५ हजार ४१३ जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै इटलीमा २६ हजार ६४४, स्पेनमा २३ हजार १९०, फ्रान्समा २२ हजार ८५६ तथा बेलायतमा २० हजार ७३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । उपचाररत बाँकी ३६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।