काठमाडौं, १६ वैशाख । रौतहटमा थप दुई जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।
वृन्दावन नगरपालिका ९ भुसहाका २५ वर्षीय र देवाही गोनाही नगरपालिका १ का ३५ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
दुवैको स्वाब संकलन गरी काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । वृन्दाबनका पुरुष चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए भने गोनाहीका संक्रमित भने अहिले पनि क्वारेन्टाइनमै छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने १६ जना डिस्चार्ज भई घर फर्किसकेका छन् ।