भरतपुरको कोरोना विशेष अस्पतालमा अख्तियारको छापा

-


     मर्दी न्युज    
     १६ बैशाख २०७७ मा प्रकाशित


कर्मचारीले नै सामानहरु ओसार्दै गरेको सीसीटीभीको फुटेज भिडियो सार्वजनिक भएपछि भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले छापा मारेको छ ।

आयोगको हेटौंडा कार्यालयबाट गएको टोलीले मंगलबार दिउँसो अस्पतालमा छापा मारेको हो । कर्मचारीहरुले सामानहरु ओसारेको भिडियो सोमबार सोसल मिडियामा सार्वजनिक भएको थियो ।

अस्पताल पक्षले भने सामान चोरी भएको नभई प्रकृयाअनुरुप सामानहरु ओसारेको दाबी गर्दै आएको छ । बुझबुजारथका क्रममा भएको सामान ओसारपसारको भिडियो दृश्यलाई ‘नियतवस अतिरञ्जित तरिका’ले सार्वजनिक गरिएको अस्पताल व्यवस्थापनले दावी गरेको छ ।

अख्तियारको टोलीले अस्पतालका महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । ती सबै कागजात लिएर टोली हेटौंडा फर्किएको अख्तियार हेटौंडाका प्रमुख शिवकुमार कार्कीले जानकारी दिए ।