पोखरा, १७ वैशाख । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या ३१ लाख नाघेको छ । विश्वभर गरी हालसम्म ३१ लाख १३ हजार ४४७ जना संक्रमित भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
जसमध्ये सबैभन्दा धेरै अमेरिकामा संक्रमित छन् । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या १० लाख ११ हजार ८७७ जनामा पुष्टि भैसकेका छन् ।
त्यस्तै स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ३२ हजार १२८, इटलीमा २ लाख १ हजार ५०५, फ्रान्समा १ लाख ६९ हजार ५३, बेलायतमा १ लाख ६२ हजार ३५०, जर्मनीमा १ लाख ५९ हजार ७३५ र टर्कीमा १ लाख १४ हजार ६५३ जनामा पुष्टि भइसकेको छ ।
जसमध्ये कोरोना संक्रमणका कारण विश्वभर गरी २ लाख १६ हजार ९३० जनाले ज्यान गुमाइसकेका छन् । सबैभन्दा धेरै नागरिक गुमाउनेमा अमेरिका अग्रपंक्तिमा छन् । अमेरिकामा हालसम्म कोरोनाबाट ५८ हजार ३५१ मानिसले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै अमेरिका पछि इटलीमा २७ हजार ३५९ मानिसले कोरोनाबाट ज्यान गुमाएका छन् । यसैगरी स्पेनमा २३ हजार ८२२ जना, फ्रान्समा २३ हजार ६६० तथा बेलायतमा २१ हजार ६७८ जना कोरोनाको संक्रमणबाट मृत्यु भैसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । उपचाररत बाँकी ३८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।