काठमाडौं । बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।
तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन् । संक्रमितहरू जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज–२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन । श्रोतका अनुसार तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।
गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएर घर फर्किएका छन ।