भारतीय अभिनेता इरफान खानको निधन

-


     मर्दी न्युज    
     १७ बैशाख २०७७ मा प्रकाशित


एजेन्सी । भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा बुधबार निधन भएको छ ।
इरफान खानको बुधवार बिहान ५३ वर्षको उमेरमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका थिए । बुधबार मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

इरफानले अभिनय गरेको फिल्म ‘पिकु’का निर्माता र निर्देशक सुजीत सरकारले पनि ट्वीटमार्फत उनको मृत्युको समाचार पुष्टि गरेका छन् ।