प्रधानमन्त्रीद्वारा संसद बैठक कक्षको अवलोकन

-


     मर्दी न्युज    
     १७ बैशाख २०७७ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठक कक्ष अवलोकन गरेका छन् । बजेट अधिवेशन बोलाउने तयारी भइरहेको बेलामा बुधबार संसद भवन पुगेर प्रधानमन्त्री ओलीले बैठक कक्ष अवलोकन गरेका हुन ।

बुधवार बिहान बजेट अधिवेशनबारे सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भवन निरीक्षण गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि बैठक कक्ष अवलोकन गर्न संघीय संसद भवन पुगेका थिए ।

संसद सचिवालयका अनुसार सामाजिक दूरी कायम गरी बैठक बसाउनका लागि सिटिङ संरचना नै परिवर्तन गर्न लागिएको छ । संविधानमा १५ जेठमा बजेट ल्याउनुपर्ने व्यवस्था छ ।