भारतमा कोरोनाका कारण मृत्यु हुने संख्या एक हजार नाघ्यो

-


     मर्दी न्युज    
     १७ बैशाख २०७७ मा प्रकाशित


एजेन्सी । भारतमा कोरोना भाइरस ‘कोविड–१९’ संक्रमितबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । आज बुधवार दिउँसोसम्म भारतमा एक हजार ७ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

भारतमा हालसम्म संक्रमितको संख्या ३१ हजार ३ सय ३२ जनामा संक्रमित भएको छ । भारतमा देखिएका यी संक्रमितहरूमध्ये ७ हजार ६ सय ९५ जना भने उपचारपछि निको भएर घर फर्किएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ

मन्त्रालयले दिएको जानकारीअनुसार हाल २२ हजार ६२९ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् । शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।