नेकपा सचिवालयको बैठक सुरु

-


     मर्दी न्युज    
     १७ बैशाख २०७७ मा प्रकाशित


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन । आजको सचिवालय बैठकमा सबै सदस्य उपस्थित छन ।

पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद र गुटबन्दी चर्केको छ । संकटमा सघाउनुपर्ने बेला सरकारलाई अप्ठ्यारो पार्ने र यसले पार्टीलाई समेत कमजोर पार्ने मत पार्टीभित्र बलियो बन्दै गएको छ ।

ओलीको विकल्प खोज्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम समूह एकै ठाउँमा उभिएको छ । उनीहरुले स्थायी कमिटि बैठकको मिति तय गर्ने बताइए पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बैठक बोलाउने पक्षमा छैनन् ।