निको भई घर फर्किनेको संख्या १० लाख नाघ्यो

-


     मर्दी न्युज    
     १८ बैशाख २०७७ मा प्रकाशित


पोखरा । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भई उपचारपछि निको भई घर फर्किनेको संख्या १० लाख नाघेको छ । विश्वभर गरी हालसम्म १० लाख एक सय एक जनाको उपचारपछि निको भई घर फर्किसकेको तथ्यांकले देखाएको छ ।

उपचार पछि निको भई घर फर्किनेमा पनि अमेरिकामा धेरै छन् । अमेरिकामा कोरोना संक्रमितको उपचार पछि निको भई घर फर्किनेको संख्या एक लाख ४७ हजार ४११ जना पुगेको छ ।

त्यस्तै संक्रमितको उपचार पछि निको भई घर फर्किनेमा स्पेनमा एक लाख ३२ हजार ९२९ र जर्मनीमा एक लाख २० हजार ४०० पुगेको छ ।

नेपालमा हालसम्म ५७ जना संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । उपचाररत बाँकी ४१ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।