आज एक सय बीस जना पर्यटकहरु पोखराबाट काठमाडौं जाँदै

-


     मर्दी न्युज    
     १८ बैशाख २०७७ मा प्रकाशित


पोखरा, १८ वैशाख । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को असरले विश्वका ९० प्रतिशत भन्दा बढी पर्यटकीय आकर्षणका केन्द्रहरुमा लकडाउन (बन्दाबन्दी) छ ।

नेपालमा पनि ट्रेकिङ तथा साहसिक पर्वतीय पर्यटन सिजनको सुरुवातकै बेला लकडाउन सुरु भयो । सरकारले लकडाउनको अवधि बढाएसँगै पोखरा तथा आसपासका पर्यटकलाई उद्दार गरिए पनि तत्कालका लागि उद्दार रोकिएको थियो ।

त्यही सुरक्षित साथ बस्ने निर्णयका कारण नेपालमै रहेका र आफ्नो मुलुक फर्किन नसकेका पर्यटकहरु लाई युरोपेली मुलुकहरुले भोलि शुक्रवार काठमाडौं– फ्रान्स (पेरिस) – स्विजरल्याण्डको लागि आप्mना नागरिक लैजान कतार एयरको जहाजको व्यवस्था गरेको छ ।

सोही अनुसार पोखरमा रहेका आप्mना अलपत्र परेका नागरिकहरुलाई लैजानको लागि फ्रान्स लगायत विभिन्न युरोपेली मुलुकले बसको व्यवस्था गरी काठमाडौंको लागि प्रस्थान गरेका छन् । एक सय बीस पर्यटक लैजानको लागि लोटस टुरिष्ट बसको ३ वटा गाडी अहिले बिहान ११ बजे पोखराको हल्लनचोक बाट प्रस्थान गरेका हुन् । बसको व्यवस्थापन टान पश्चिमाञ्चल क्षेत्रीय संघका पूर्व अध्यक्ष तथा स्वीस दूतावासका असिस्ट्यान्ट बसन्तराज दवाडीले गरेका छन ।