रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विस्फोट हुँदा चार बालबालिकाको ज्यान गएको छ ।
विस्फोटनको ठूलो आवाज आएपछि गाउँले हेर्न जाँदा चार बालबालिकाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । साँझ ६ बजेतिर भएको उक्त घटनामा एकै परिवारको दुई जना परेको जनाइएको छ ।
घटनामा युद्धकालीन अवस्थामा लुकाइएका विस्फोटक पदार्थ विस्फोट भएको अनुमान गरिएको छ ।
घटनास्थल तर्फ सेना र प्रहरीको टोली जाँदै गरेको र घटनाको विस्तृत विवरण आइनसकेको जनाइएको छ ।