भारतमा दुई हप्ता लम्बियो लकडाउन

-


     मर्दी न्युज    
     १९ बैशाख २०७७ मा प्रकाशित


नयाँदिल्ली । भारत सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि लगाएको देशव्यापी लकडाउन फेरि लम्ब्याएको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो ।

मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन ।

कोरोना प्रभावको आधारमा ‘रेड जोन’, ‘ओरेन्ज’ र ‘ग्रीन जोन’ भनी सूचित गरिएको छ । सरकारले प्रभावित क्षेत्रमा जमघट तथा सभा सम्मेलनमा पूर्ण रुपमा रोक लगाएको छ । यसवाहेक लकडाउन अवधिभर धार्मिक तथा सांस्कृतिक भेलाहरु पनि प्रतिबन्धित छन् । साथै सवारी साधन आवत जावत रोक्नुका साथै स्कुल, कलेजहरु बन्द गरेको छ ।