तस्विरः केशव पाठकको फेसबुकबाट
पोखरा । पोखरा–९ नागढुंगा स्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ ।
नागढुंगास्थित ‘विशेष फर्निचर गोदाम’मा आगलागी भएको हो । शनिवार बिहान ११ बजेतिर सल्केको आगो करिब १ घन्टा पछि सुरक्षा निकायको सहयोगमा नियन्त्रणमा आएको छ ।
गोदाममा आगो लागेको जानकारी पाउनासाथ नेपाल प्रहरी सहित, नेपाली सेना र सशस्त्र प्रहरीको सयुक्त टोली परिचालन भई नियन्त्रणमा सम्भव भएको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।
आगोका कारण ठूलो क्षति भएको आंकलन गरिएको छ । अनुसन्धानकै क्रममा भएकाले वास्तविक क्षति विवरण भने आइसकेको छैन ।
विकास क्षेत्रीले सञ्चालन गरेको उक्त गोदाममा तयारी फर्निचर र कच्चा सामग्री रहेको कास्की प्रहरीले जनाएको छ ।
अपडेट गरिएको