काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिवार साँझ बसेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष समेत रहेका बामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णयसहित बैठक सम्पन्न भएको छ ।
शनिवार साँझ बसेको सचिवालय बैठकले नेता गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजान पहल गर्ने र त्यसको लागि आगमी २४ गते सचिवालय बैठक र २५ गते स्थायी कमिटि बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई जानकारी गराएको छ ।
त्यसैगरी बैठकमा पार्टी एकतालाई मजबुद बनाउने तथा जनातको चाहाना अनुसार देशको विकास सम्बृद्धतर्फ सरकारका काम कारवाही कसरी केन्द्रित गर्ने भन्ने लगायतका विषयमा छलफल भएको बैठक पछि प्रवक्ता श्रेष्ठले बताए ।
बैठकमा पार्टी भित्रको आन्तरिक समस्या तथा पार्टी एकताको सुदृढीकरणको लागि आत्मआलोचना गर्दै विभिन्न विषयमा गम्भीर छलफल भएको उनले जानकारी दिए ।