नेकपा स्थायी कमिटी बैठक वैशाख २५ गते

-


     मर्दी न्युज    
     २० बैशाख २०७७ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक वैशाख २५ गते बोलाउने निर्णय गरेको छ ।

शनिबार साँझ बसेको सचिवालय बैठकले २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टीको स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन वैशाख २४ गते सचिवालयको बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

शनिवार साँझ बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर आत्मालोचना गरेको पनि प्रवक्ता श्रेष्ठले बताए ।