कोरोना कहरः विश्वभर २ लाख ४४ हजार बढीको मृत्यु, ३४ लाख ८१ हजार संक्रमित

-


     मर्दी न्युज    
     २१ बैशाख २०७७ मा प्रकाशित


पोखरा । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट २ लाख ४४ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । आइतवार बिहानसम्म विश्वभर गरी कोरोनाका कारण २ लाख ४४ हजार ६ सय ६३ जनाले ज्यान गुमाएको वल्र्डोमिटरको तथ्यांक छ ।

कोरोना भाइरसबाट विश्वभर गरी हालसम्म ३४ लाख ८१ हजार ३५१ जनामा संक्रमित भइसकेको तथ्यांकले देखाएको छ । संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा छन् । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या ११ लाख ६० हजार ७७४ जनामा पुष्टि भैसकेको छ भने संक्रमणबाट अमेरिकामा ६७ हजार ४४४ जनाले ज्यान गुमाएको छ ।

त्यस्तै स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ५६७, इटलीमा २ लाख ९ हजार ३२८, बेलायतमा १ लाख ८२ हजार २६०, फ्रान्समा १ लाख ६८ हजार ३९६, जर्मनीमा १ लाख ६४ हजार ९६७, टर्कीमा १ लाख २४ हजार ३७५ तथा रसियामा १ लाख २४ हजार ५४ जनामा पुष्टि भइसकेको छ ।

यसैगरी कोरोना भाइरस संक्रमणबाट इटलीमा २८ हजार ७१० मानिसले ज्यान गुमाएका छन् । त्यस्तै बेलायतमा २८ हजार १३१, स्पेनमा २५ हजार एक सय तथा फ्रान्समा २४ हजार ७६० जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाइसकेको जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ भने कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । ४९ जना पुरुष र १० जना महिला संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । उपचाररत बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।