मानव धर्म सेवा समिति पोखराद्वारा भोजन वितरण

-


     मर्दी न्युज    
     २१ बैशाख २०७७ मा प्रकाशित


पोखरा, २१ वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि संक्रमण जोखिम न्यूनीकरण तथा रोकथामको लागि लकडाउनको छ । लकडाउनका कारण दैनिक ज्यालादारी गरी जीविका निर्वाह गर्ने विपन्न मजदुर परिवारलाई दैनिक खाद्यन्न समस्या छ ।

उद्योग, कलकारखाना, व्यापार, व्यवसाय सबै बन्द छ । अझै दुःखी असहाहरूका निम्ति लकडाउनले झनै पिडादायि अवस्था सिर्जना गरेको छ । अत, यसैकुरालाई मध्यनजर गर्दै मानव धर्म सेवा समिति पोखरा, गण्डकी प्रदेशद्वारा समस्यामा परेका एक सय ९० जना श्रमिकहरुको लागि खानाको व्यवस्था गरेको छ ।

पोखरा रानीपौवा ११ र लेखनाथका श्रमिक तथा मजदुरहरूका लागि बिहान प्रत्येक दिन १० बजेबाट १२ बजेसम्म खान वितरण गरेको समितिका सदस्य भुवन गुरुङले बताए । भोजनको निम्ति आवश्यक खाद्य वस्तु पिउने पानी, आलु, दाल, चामल, नून, तेल आदि समितिका सदस्य तथा विभिन्न दाताहरूबाट संकलन गरिएको हो ।

श्रमिकलाई खाना खुवाउने तथा वितरण कार्यक्रम गत १५ देखि शुरु गरिएको र यही वैशाख २५ गतेसम्म निरन्तर रहने उनले मर्दिन्यूजलाई बताए ।