नेपालमा थप १० जनामा कोरोना संक्रमण देखियो

-


     मर्दी न्युज    
     २१ बैशाख २०७७ मा प्रकाशित


पोखरा, २१ वैशाख । नेपालमा थप दश जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यसैगरी नेपालगञ्जमा पनि ९ जनामा कोरोना संक्रमण फेला परेको प्रवक्ता देवकोटाले बताए । संक्रमित हुनेमा ५ जना पुरुष र ४ जना महिला रहेको छ । संक्रमित ७ देखि ५८ वर्ष उमेरको रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६९ पुगेको छ ।

आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ४९ हजार ६ सय ८८ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १३ हजार ४ सय १४ परीक्षणहरु भएको जनाएको छ । त्यसैगरी आइतबारसम्मको अपडेटमा आइसोलेसनमा देशभरी ७७ जना रहेका छन् । नेपालभर क्वारेन्टाइनमा २१ हजार ९ सय ५८ जना रहेका छन् ।