नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

-


     मर्दी न्युज    
     २१ बैशाख २०७७ मा प्रकाशित


पोखरा । नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।
संक्रमितहरु नेपालगञ्ज ८ निवासी १६, २१ र ३४ वर्षका पुरुष र ४०, ५५ र ६० वर्षका महिलाहरु रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो ।

केही दिनअघि नेपालगञ्जका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै
ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।