कोरोनाका कारण २ लाख ४८ हजार १३५ को मृत्यु

-


     मर्दी न्युज    
     २२ बैशाख २०७७ मा प्रकाशित


पोखरा । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ४८ हजार नाघेको छ । सोमबार बिहानसम्म कोरोना भाइरसको संक्रमणका कारण २ लाख ४८ हजार १३५ जनाको ज्यान गइसकेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ६८ हजार ५८७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १४३ जनाको ज्यान गएको छ ।

इटलीमा २८ हजार ८८४, बेलायतमा २८ हजार ४४६, स्पेनमा २५ हजार २६४, फ्रान्समा २४ हजार ८९५ जनाको ज्यान गइसकेको छ ।

यसैगरी कोरोना भाइरसको संक्रमितको संख्या ३५ लाख ६३ हजार नाघिसकेको छ ।
सबैभन्दा धेरै अमेरिकामा ११ लाख ८७ हजार ७६८ जनामा कोरोना संक्रमितको पुष्टि भइसकेको छ । त्यस्तै स्पेनमा २ लाख ४७ हजार १२२, इटलीमा २ लाख १० हजार ७१७, बेलायतमा १ लाख ८६ हजार ५९९, फ्रान्समा १ लाख ६८ हजार ६९३, जर्मनीमा, १ लाख ६५ हजार ६६४, रसियामा, १ लाख ३४ हजार ६८७ र टर्कीमा १ लाख २६ हजार ४५ जनामा कोरोना संक्रमितको पुष्टि भइसकेको छ ।

विश्वभर २१ लाख ६३ हजार ३६३ जनाको उपचार भइरहेको छ । जसमध्ये ५० हजार ४० जनाको अवस्था गम्भीर रहेको छ । ११ लाख ५३ हजार ८४७ जना उपचारपछि निको भइ घर फर्किसकेका छन् ।

नेपालमा भने आइतबार थप १६ जनामा कोरोना संक्रमित भेटिएसँगै ७५ जनामा संक्रमित भइसकेको छ । यसमध्ये १६ जना उपचारपछि निको भइ घर फर्किसकेकोमा २ जनालाई पुनः अस्पताल भर्ना गरिएको छ । उपचाररत बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।