भारतमा पछिल्लो २४ घण्टामा दुई हजार ५ सय ७३ जना थप संक्रमित भेटिए

-


     मर्दी न्युज    
     २२ बैशाख २०७७ मा प्रकाशित


एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा २ हजार ५ सय ७३ जना नयाँ संक्रमितको पुष्टि भएको छ । योसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ८ सय ३६ पुगेको बताइएको छ ।

त्यहाँका स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८३ जनाको कोरोनाका कारण ज्यान गुमाएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ८९ पुगेको छ ।

भारतका ३३ राज्यमा कोभिड–१९ को संक्रमित भेटिएको छ । सबैभन्दा बढी प्रभावित महाराष्ट्र हुन पुगेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । महाराष्ट्रमा कोरोनाभाट ५ सय ४८ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै गुराजतमा २ सय ९०, मध्यप्रदेशमा १ सय ६५ र दिल्लीमा ६४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।