नेपालगञ्जमा भोलिदेखि २५ गतेसम्म निषेधित क्षेत्र घोषणा

-


     मर्दी न्युज    
     २२ बैशाख २०७७ मा प्रकाशित


नेपालगन्ज । लकडाउन थप प्रभावकारी बनाउने भन्दै बाँके प्रशासनले नेपालगन्ज उपमहानगरपालिकालाई भोलिदेखि तीन दिनलाई पूर्ण निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले भोलि मंगलबार बिहान ११ बजेदेखि २५ गतेसम्म लागु हुने गरी नेपालगन्ज उपमहानगरपालिकालाई पूर्णत निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

बिहीबार मध्यरातिसम्मका लागि यो निर्णय लागु गरीएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । मंगलबार बिहान ११ बजेदेखि औषधि पसलबाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द रहनेछन् ।