पोखरा, २३ वैशाख । नेपालमा थप सात जना कोरोना संक्रमित थपिएका छन् । थप सातै जना संक्रमित बाँकेको नेपालगञ्जमा फेला परेका हुन ।
संक्रमितहरु २२, ३०, ४० वर्षका पुरुष तथा ९, ३२, ३४ र ५५ वर्षका महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको छ ।
यसअघि बाँकेको नेपालगञ्जमा १५ जना संक्रमित फेला परेका थिए ।