पोखरा, २३ वैशाख । गुरुङ फिल्म एशोसियसन, नेपाल (जिफान)ले गण्डकी प्रदेशद्वारा सञ्चालन भएको कोरोना भाइरस रोग नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गरेको छ ।
जिफानले गुरुङ फिल्म निर्माणको २५ औं वर्ष पुगेको अवसर पारेर आज मंगलवार गण्डकी प्रदेशको कोरोना भाइरस रोग नियन्त्रण तथा उपचार कोषमा ५० हजार रुपैयाँ जम्मा गरेको हो ।
जिफानका अध्यक्ष भोजबहादुर गुरुङ, महासचिव मनोज गुरुङ, कोषाध्यक्ष प्रेम गुरुङ र जिफानका वरिष्ठ सल्लाहकार माओत्से गुरुङले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
गुरुङ फिल्मको इतिहासमा २०५२ वैशाख २३ गते गुरुङ चलचित्र निर्माणको दिनको रुपमा सम्झने गर्दछ । २०५२ सालमा ‘पाते, न्हाम्स्यो न्होरी र विदेशको माटो स्वदेशको पीडा’ चलचित्र निर्माण भएका थिए ।