पोखरा । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २० औं सञ्चालक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छ । सञ्चालक समितिको बैठक प्रधानमन्त्रीको अध्यक्षतामा भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
यस अघि सञ्चालक परिषद्को बैठक वैशाख २१ गते राखिएको थियो । प्रधानमन्त्रीको कार्यव्यस्तताले आज २३ गते बैठक सारिएको हो ।