पोखरा ।
अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या मंगलवार एक्कासी बढेको छ । केही दिनयता कोरोना संक्रमितको मृत्युदर निरन्तर घटे पनि पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्यामा बृद्धि भएको हो ।
सोमवार अमेरिकामा १ हजार १२५ जनाको ज्यान गएको थियो भने मंगलवार १ हजार १०६ जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा अघिल्ला दिनहरुको तुलनामा यो संख्या दोब्बर भन्दा धेरैले बढेर २ हजार ३२० को मृत्यु भएको छ ।
यो संख्यासँगै अब अमेरिकामा कोभिड–१९को संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७२ हजार २७१ पुगेको छ ।
विश्वभर गरी कोरोना संक्रमितको संख्या ३७ लाख २६ हजार ७९७ पुगेको छ भने अमेरिकामा मात्रै १२ लाख ३७ हजार ६३३ संक्रमित भएका छन् । यसमध्ये २ लाख ६२८ जना संक्रमितको उपचार पछि निको भई घर फर्किसकेका छन् । १६ हजार १७९ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।