पोखरा ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा बंगालको खाडी समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तथा पूर्वी पहाडी भु–भागमा सामान्य बदली र बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार आज दिउँसो सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केहि स्थानहरूमा साथै तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
राती देशभर आंशिक बदली रहनेछ । पश्चिमी तथा पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग /असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
बिहीबार देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केहि स्थानहरूमा साथै तराईका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले शुक्रबार दिउँसो मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रहि बाँकि भू–भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी र मध्य भू–भागका थोरै स्थानहरूका साथै पश्चिमी भू–भागका १–२ स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना / हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले देशको पहाडी भू–भागका केहि स्थानहरूमा साथै तराईका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना / हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।