काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढिरहेकोले सीमा नाका जेठ १८ सम्म बन्द गर्ने निर्णय गरेको हो ।
यस्तै सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा लगाएको प्रतिबन्ध पनि बढाएर जेठ १८ गतेम्म पुर्याएको छ । यसअघि यो प्रतिबन्ध जेठ २ गतेसम्म जारी गरिएको थियो ।
मन्त्रिपरिषद्ले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न पनि नागरिकहरुलाई आग्रह समेत गरेको छ