भारतमा केमिकल प्लान्टबाट ग्यास लिक हुँदा ११ को मृत्यु

-


     मर्दी न्युज    
     २५ बैशाख २०७७ मा प्रकाशित


एजेन्सी । भारतको आन्ध्र प्रदेशमा रहेको एक केमिकल प्लान्टबाट ग्यास लिक हुँदा ११ जनाको मृत्यु भएको छ । विशखापटनममा रहेको उक्त प्लान्टबाट आज बिहानै ग्यास लिक भएको हो । त्यहाँबाट निस्किएको धुँवा प्लान्टबाट कम्तिमा दुई माइल रेडियसको क्षेत्रभर भएको बताइएको छ । ३०० भन्दा बढीलाई अस्पताल भर्ना गरिएको भारतीय अधिकारीहरूले बताएका छन् ।

विशाखापटनममा एलजी पोलिमर्स सञ्चालन गरिरहेको उक्त प्लान्ट लकडाउनमा बन्द थियो । भारतीय मिडियाले उल्लेख गरेअनुसार लकडाउनमा बन्द भएको प्लान्ट सरकारबाट अनुमति लिएर सञ्चालनको प्रकृयामा थियो । सञ्चालनका लागि तयारी गर्नेक्रममा ग्यास लिक भएको हो ।

ग्यास लिकका कारण मृत्यु भएको परिवारको लागि एक करोड रुपैयाँ राहातको घोषणा गरेको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले प्रतिपरिवार १० लाख रुपैयाँ सहायता गर्ने र अस्पतालमा भर्ना भएकाको लागि एक÷एक लाख रुपैयाँ सहयोग गर्ने जनाइएको छ ।