कोरोना कहरः २ लाख ७० हजार बढीको मृत्यु, ३९ लाख बढी संक्रमित

-


     मर्दी न्युज    
     २६ बैशाख २०७७ मा प्रकाशित


पोखरा । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ७० हजार नाघेको छ । हालसम्म कोरोनाका कारण २ लाख ७० हजार ६८३ जनाको मृत्यु भइसकेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ७६ हजार ९२८ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । बेलायतमा ३० हजार ६१५, इटलीमा २९ हजार ९५८, स्पेनमा २६ हजार ७० तथा फ्रान्समा २५ हजार ९८७ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख ९२ हजार ६२३ जनामा संक्रमणको पुष्टि भइसकेको छ । यसैगरी स्पेनमा २ लाख ५६ हजार ८५५, इटलीमा २ लाख १५ हजार ८५८ र बेलायतमा २ लाख ६ हजार ७१५ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।

विश्वभर हालसम्म ३९ लाख १५ हजार ६४१ जनामा संक्रमण हुँदा १३ लाख ४१ हजार ८५ जना उपचार पछि निको भइसकेका छन् । ४८ हजार ९६० जनाको गम्भीर अवस्थामा उपचार गरिरहेको छ भने बाँकीको स्वास्थ्य अवस्था मध्यम रहेको छ ।

नेपालमा बिहीबार थप २ जनामा संक्रमितको पुष्टि भएसँगै संक्रमितको संख्या १०१ पुगेको छ भने हालसम्म कसैको पनि कोरोनाका कारण मृत्यु भएको छैन । संक्रमितहरु सबै सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।