काठमाडौं । विराटनगरको कोशी अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को उपचारत थप ८ जनामा कोरोना मुक्त भए पछि आज डिस्चार्ज गरिएको छ ।
उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको तीन पटक सम्म पिसिआर रिपोर्ट नेगेटिभ आए पछि आज डिस्चार्ज गरिएको हो ।
थप ८ जना डिस्चार्ज भएसँगै नेपालका कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किनेको संख्या २७ पुगेको छ ।