फाइल तस्बिर
पोखरा, २६ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको बताएका छन् ।
संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन शुक्रबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै देउवाले सरकारका गतिविधिले शासन गर्ने आधार गुमाएको बताएका हुन् ।
देउवाले कोरोनाभाइरस महामारीको विषम परिस्थिति सरकारले महामारीसँग लड्ने कुनै योजना र रणनीति नबनाएको बरू भष्टाचार र सांसद अपरहणजस्ता कुरामा संलग्न रहेकाले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको कांग्रेसले ठहर गरेको बताएका हुन । उनले यी कुराहरूलाई आफ्नो पार्टीले निकै सुक्ष्म ढंगले हेरिरहेको बताए ।
यसैगरी देउवाले सरकारले दुइटा विवादस्पद अध्यादेश ल्याएर गैरजिम्मेवार र अलोकतान्त्रिक चरित्र प्रस्तुत गरेको बताए । प्रधानमन्त्री केपी ओलीले नियोजित रूपमा कोरोना संकटका बेला दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी दुइटा अध्यादेश ल्याएको दाबी गरे ।
‘कोरोना संकटसँग विपक्षी दलसमेत मिलेर लड्न तयार रहेको बेला दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु प्रधानमन्त्रीको नियत हो भन्ने प्रष्ट छ,’ उनले भने ।