भारतीय दूतावासअघि प्रदर्शन गर्न पुगेका अनेरास्ववियूका विद्यार्थी नेता पक्राउ

-


     मर्दी न्युज    
     २७ बैशाख २०७७ मा प्रकाशित


तस्विर स्रोतः सुदेश पराजुली

काठमाडौं । नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा भारतीय दूताबास अगाडि प्रदर्शन गर्न खोज्ने सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्ववियुका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ परेको छ ।

नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न भारतले सडक निर्माण गरी उद्घाटन गरेको विरोधमा शनिबार उनीहरूले शान्तपूर्वक प्रदर्शन गरेका हुन ।

प्रदर्शनमा सहभागी अनेरास्ववियूका पूर्वकेन्द्रीय सचिव सुदेश पराजुलीलगायत विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको विद्यार्थी नेता सुदेश पराजुलीले जानकारी दिए । उनीहरूलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रबार मात्र धार्चुला लिपुलेक लिंक रोडको उद्घाटन गरेका थिए ।