शनिवारसम्म रेड जोनमा ३ सय ४० जना

-


     मर्दी न्युज    
     २७ बैशाख २०७७ मा प्रकाशित


पोखरा, २७ वैशाख । नेपालमा शनिबार थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

यसैगरी शनिवारसम्म रेड जोनमा ३ सय ४० जना रहेको छ । रेड जोनमा पर्नु कोरोनाको सम्भावित संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार क्वारेन्टाइनमा १४ हजार ५९२ जना छन् भने आइसोलेसनमा १ सय ४३ जना रहेको छ ।

नेपालमा हालसम्म १६ हजार ३०९ जनाको पिसिआर परीक्षण गरिएको छ भने ५५ हजार ९३० जनाको आरडीटी परीक्षण गरिएको छ ।

नेपालमा १०९ संक्रमितमध्ये ७८ पुरुष र ३१ महिला छन । ३१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन । ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।