कोरोना कहरः संक्रमितको संख्या ४१ लाख नाघ्यो, मृत्यु हुने २ लाख ८० हजार बढी

-


     मर्दी न्युज    
     २८ बैशाख २०७७ मा प्रकाशित


पोखरा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४१ लाख नाघेको छ । आइतबार बिहानसम्म संक्रमितको संख्या ४१ लाख ६०९ जनामा पुष्टि भइसकेको तथ्याङ्क छ ।

सबैभन्दा धेरै अमेरिकामा १३ लाख ४७ हजार ३०९ जनामा संक्रमितको पुष्टि भइसकेको छ । त्यस्तै स्पेनमा २ लाख ६२ हजार ७८३, इटलीमा २ लाख १८ हजार २६८ र बेलायतमा २ लाख १५ हजार २६० जनामा संक्रमणको पुष्टि भइसकेको छ ।

यसैगरी कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ८० हजार ४३१ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा ८० हजार ३७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन । त्यस्तै अमेरिका पछि सबैभन्दा धेरै ज्यान गुमाउनेमा बेलायत पुगेको छ । बेलायतमा हालसम्म ३१ हजार ५८७ जनाले कोरोना कारण ज्यान गुमाएको छ ।

यसैगरी इटलीमा ३० हजार ३९५, स्पेनमा २६ हजार ४७८ र फ्रान्समा २६ हजार ३१० जना कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

विश्वभर हालसम्म ४१ लाख बढीमा संक्रमण हुँदा १४ लाख ३९ हजार ८४२ जना उपचार पछि निको भइसकेका छन् । २३ लाख ८० हजार ३३६ संक्रमितमध्ये ४७ हजार ६८५ जनाको गम्भीर अवस्थामा उपचार गरिरहेको छ भने बाँकीको स्वास्थ्य अवस्था मध्यम रहेको छ ।

नेपालमा शनिवार थप ७ जनामा संक्रमितको पुष्टि भएसँगै यो संख्या १०९ पुगेको छ भने हालसम्म कसैको पनि कोरोनाका कारण मृत्यु भएको छैन । संक्रमितहरु सबै सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।