एजेन्सी ।
पोखरा, २८ वैशाख । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६२ हजार नाघेको छ।
भारतमा ६२ हजार ८ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार बढी संक्रमण हुने देशहरुको सूचीमा भारत १४औं स्थानमा छ।
भारतभन्दा अघि क्रमशः पेरु, क्यानडा, चीन, इरान, टर्की, ब्राजिल, जर्मनी, फ्रान्स, रुस, बेलायत, इटाली, स्पेन तथा अमेरिका छन ।
भारतमा कोरोनाका कारण हालसम्म २ हजार १ सय १ को मृत्यु भइसकेको छ। शनिवार मात्रै भारतमा कोरोनाका कारण १ सय १६ जनाले ज्यान गुमाएको छ । सबैभन्दा बढी मृत्यु हुनेको सूचीमा भने भारत १६औं स्थानमा छ।
भारतमा १९ हजार ३ सय १ जना उपचारपछि निको भइ घर फर्किसकेका छन।