पोखरा, २८ वैशाख । उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा एक ४३ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन ।
शनिवार बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो ।
नेपालमा योसँगै कोरोना संक्रमितको संख्या ११० पुगेको छ । ३१ जनाको उपचारपछि निको भई घर फर्किसकेका छन् भने बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।