रहस्यमय रूपमा ट्रेकिङ गाइडको मृत्यु, फेवातालबाट शब निकालियो

-


     मर्दी न्युज    
     २८ बैशाख २०७७ मा प्रकाशित


सांस्केतिक तस्विर

पोखरा, वैशाख २८ गते । पोखराको फेवातालमा आज आइतबार बिहान १० बजेको समयमा तैरिरहेको अवस्थामा एक युवकको लाश फेला परेको छ ।

डुङ्गा व्यवसायीले आफ्नो डुङ्गासफा गर्दै गरेका एकव्यक्तिले तैरिएको अवस्थामा लाश देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका हुन । वडा प्रहरी कार्यालय बैदामको सहयोगमा लाशलाई तालबाट बाहिर निकालिएको छ र पोस्ट मार्टमको लागि गण्डकी हस्पिटलतिर लगिदैछ ।

प्रारम्भिक जानकारी अनुसार उक्त शब पोखरा महानगरपालिका–१८ का बासिन्दा, अन्दाजी ४० बर्षीय राजु बास्तोलाको भएको बुझिएको छ । उनी पेशाले ट्रेकिङ गाइड (पथ प्रदर्शक) भएको बुझिएको र मृत्युको कारण भने खुल्नसकेको छैन । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।