भारतीय प्रधानमन्त्रीको पुत्ला जलाउँदा पोखरामा चार विद्यार्थी पक्राउ

-


     मर्दी न्युज    
     २८ बैशाख २०७७ मा प्रकाशित


पोखरा । भारतीय पक्षले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेको विरोधमा पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

महेन्द्रपुलमा पुत्ला दहन गर्ने चार जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षितिज सापकोटा, विशाल तामाङ, विनय अधिकारी र मिलन सुवेदी छन् ।

भारतीय पक्षले नेपाली भुभाग हुँदै मानसरोवरसम्म जाने बाटो निर्माण थालेपछि नेपाली जनता आक्रोशित भएका छन । राष्ट्रिय स्वाधीनताका लागि विद्यार्थीले विरोध गर्दा प्रहरीले गिरफ्तार गरेको विद्यार्थी नेता सापकोटाले बताए ।