कोरोना कहरः विश्वभर २ लाख ८३ हजार बढीको मृत्यु, ४१ लाख ७९ हजार बढी संक्रमित

-


     मर्दी न्युज    
     २९ बैशाख २०७७ मा प्रकाशित


पोखरा । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ८३ हजार नाघेको छ । सोमवार बिहानसम्म कोरोनाका कारण २ लाख ८३ हजार ८५० जनाको मृत्यु भइसकेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ८० हजार ७८७ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । बेलायतमा ३१ हजार ८५५, इटलीमा ३० हजार ५६०, स्पेनमा २६ हजार ६२१ तथा फ्रान्समा २६ हजार ३८० जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या ४१ लाख ७९ हजार ८५८ मा पुष्टि भइसकेको तथ्याङ्क छ
छ । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या १३ लाख ६७ हजार ६३८ जनामा पुष्टि भइसकेको छ । यसैगरी स्पेनमा २ लाख ६४ हजार ६६३, बेलायतमा २ लाख १९ हजार १८३, इटलीमा २ लाख १९ हजार ७० र रसियामा २ लाख ९ हजार ६८८ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।

विश्वभर १४ लाख ९० हजार ५३५ जना उपचार पछि निको भइ घर फर्किसकेका छन् । २४ लाख ५ हजार ४७३ संक्रमितको उपचार भइरहँदा ४७ हजार ३६ जनाको गम्भीर अवस्थामा उपचार गरिरहेको छ भने बाँकीको स्वास्थ्य अवस्था मध्यम रहेको छ ।