पोखरा, २९ वैशाख । कपिलवस्तुको यशोधारा गाउँपालिकामा र बुद्धभूमि नगरपालिकामा गरी थप १० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा यशोधारा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिकाका–७ र १० निवासी १८, १९ वर्षीय पुरुष, २० वर्षीय २ जना, २४, ३०, ३१ वर्षीय र दुई जना ३४ वर्षीय र एक जना उमेर नखुलेको पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन ।
नेपालमा योसँगै कोरोना संक्रमितको संख्या १२० पुगेको छ । ३३ जनाको उपचारपछि निको भई घर फर्किसकेका छन् भने बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।