भारतमा एकैदिन ४ हजार २ सयबढी संक्रमित

-


     मर्दी न्युज    
     २९ बैशाख २०७७ मा प्रकाशित


पोखरा, २९ वैशाख । कोरोना भाइरस रोकथामको लागि गरेको लकडाउनका बीच भारतमा संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो एकै दिन ४ हजारभन्दा बढी संक्रमित थपिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २ सय १३ थप संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा ६७ हजार १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भारतमा ९७ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरानाका कारण २ हजार २ सय १२ जनाको ज्यान गइसकेको छ ।

भारतको महाराष्ट्र सबैभन्दा प्रभावित राज्य हो । महाराष्ट्रमा २२ हजार १७१ जना संक्रमितको पुष्टि भइसकेको छ भने ८३२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । महाराष्ट्रपछि गुजरात र दिल्ली बढी प्रभावित राज्य भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भारतमा २० हजार ९ सय १७ जना उपचारपछि निको भइ घर फर्किसकेका छन।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार बढी संक्रमण हुने देशहरुको सूचीमा भारत १४औं स्थानमा छ।