पोखरा । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ मा सोमवार एक जनामा कोरोना संक्रमितको पुष्टि भएको छ ।
वीपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा १८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ ।
आजै मात्र कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमित भेटिएको थियो । २ जनामा कोरोना संक्रमण देखेपछि सुरु गरिएको लकडाउनको अवस्थामा नेपालमा कोरोना संक्रमण बढ्दो छ ।