कोरोना कहरः विश्वभर संक्रमितको संख्या ४२ लाख ५३ हजार नाघ्यो, मृत्यु हुने २ लाख ८७ हजार बढी

-


     मर्दी न्युज    
     ३० बैशाख २०७७ मा प्रकाशित


पोखरा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४२ लाख नाघेको छ । मंगलवार बिहानसम्म संक्रमितको संख्या ४२ लाख ५३ हजार ८०२ जनामा पुष्टि भइसकेको तथ्याङ्क छ ।

सबैभन्दा धेरै अमेरिकामा १३ लाख ८५ हजार ८३४ जनामा संक्रमितको पुष्टि भइसकेको छ । त्यस्तै स्पेनमा २ लाख ६८ हजार १४३, बेलायतमा २ लाख २३ हजार ६० र रसियामा २ लाख २१ हजार ३४४ र इटलीमा २ लाख १९ हजार ८१४ जनामा संक्रमणको पुष्टि भइसकेको छ ।

त्यस्तै कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ८७ हजार २५० पुगेको छ । सबैभन्दा धेरै ज्यान गुमाउनेमा पनि अमेरिकामै छन् । अमेरिकामा ८१ हजार ७९५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन । त्यस्तै अमेरिका पछि सबैभन्दा धेरै ज्यान गुमाउनेमा बेलायत पुगेको छ । बेलायतमा हालसम्म ३२ हजार ६५ जनाले कोरोना कारण ज्यान गुमाएको छ ।

यसैगरी इटलीमा ३० हजार ७३९, स्पेनमा २६ हजार ७४४ र फ्रान्समा २६ हजार ६४३ जना कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

विश्वभर २४ लाख ३९ हजार ५५० संक्रमितको उपचार भइरहँदा ४६ हजार ९४० को गम्भीर अवस्थामा उपचार भइरहेको छ । १५ लाख २७ हजार २ जना उपचार पछि निको भइ घर फर्किसकेका छन् ।

नेपालमा सोमवार एकैदिन २४ जनामा थप संक्रमितको पुष्टि भएसँगै यो संख्या १३४ पुगेको छ भने हालसम्म कसैको पनि कोरोनाका कारण मृत्यु भएको छैन । संक्रमितहरु सबै सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।