काठमाडौं, ३० वैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटीको बैठक भोलि बुधबारका लागि बोलाएको छ ।
यस अघि वैशाख २५ गते बस्ने तय भएको भए पनि त्यसका लागि आवश्यक एजेण्डा तयार नभएकाले बैठक बस्न सकेको थिएन । बैठकका लागि बैशाख २४ गते बसेको सचिवालय बैठकले एजेन्डा तय गर्ने भने पनि सो हुन सकेको थिएन ।
भोलि पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको एक नेताले जानकारी दिए ।